समाचार प्रदेश १ मा ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डीगढीस्थित कोभिड–१९ आइसोलेसन केन्द्रबाट ६ महिला तथा ७ पुरुष र मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा मोरङका १६ जना, उदयपुरका १३, सुनसरीका दुई, झापाका पाँच, इलाम र पाँचथरका १/१ जना छन् ।

मंगलबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएर उपचारपश्चात् घर फर्किनेको संख्या ६ सय ४२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका तीन, झापा, सुनसरी र तेह्रथुमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुकुटाको छथर जोरपाटीका दुई पुरुष, सहिदभूमिका एक पुरुष, झापाको शिवसताक्षीका एक महिला, सुनसरीको भोक्राहा र तेह्रथुमको म्याङलुङका एक÷एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार पुष्टि भएका सँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..