दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ

द्वारा प्रकाशित गरिएको हो |
२०८२ चैत्र २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२ चैत, काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।

यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको ईन्धन ट्याङ्किमा आगलागी भएको थियो ।

फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ ।

यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् । र, ती सबैले इरानको आलोचना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..