उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

द्वारा प्रकाशित गरिएको हो |
२०८२ चैत्र २६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।

लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।

उनलाई रास्वपाले समर्थन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।

त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको छ. रास्वपाले समर्थन गर्ने संकेत दिएको छ’ राप्रपाका एक शीर्ष नेताले भने ।’

पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन दर्ता गराउने तयारीमा छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।

त्यसैले रास्वपाले श्रम संस्कृति भन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..