अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खतराका कारण अर्कै प्लेन चढेको खुलेको छ।

द्वारा प्रकाशित गरिएको हो |
२०८३ श्रावण ९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खतराका कारण अर्कै प्लेन चढेको खुलेको छ।

दुई साताअघि टर्की पुगेका ट्रम्प त्यहाँबाट फर्कँदा उनीमाथि इरानबाट सुरक्षा खतरा रहेको खुफिया सूचनापछि ट्रम्पले आफू चढ्ने विमान नै परिवर्तन गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेकोछ।

ट्रम्प टर्की पुग्दा कतारले अमेरिकालाई दिएको नयाँ बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए। फर्कने बेला उनी सवार विमानलाई इरानले निशाना बनाउने सूचना अमेरिकी सुरक्षा निकायले पाएका थिए।

त्यसपछि ट्रम्प आफैले पुरानै एयरफोर्स वानबाट स्वदेश फर्कने घोषणा गरेका थिए।

ट्रम्प सवारी विमानलाई इरानले निशाना बनाउने तयारी गरेको सूचना सुरूमा इसराइली गुप्तचरले दिएको थियो। तर अमेरिकी अधिकारीहरुले भने

त्यतिबेला केही अमेरिकी अधिकारीहरूले इसराइलले दिएको सूचनाप्रति शंका गरेका थिए। अमेरिकाले इरानमाथिको आक्रमण तीब्र बनाउँछ भनेर इसराइलले त्यस्तो सूचना दिएको हुन सक्ने अमेरिकीहरूको बुझाइ थियो।

किनभने ट्रम्प आफै त्यतिबेला आक्रमणभन्दा वार्ताबाट समस्या समाधान गर्ने पक्षमा थिए भने इसराइल जुनसुकै हालतमा इरानका हतियार कार्यक्रम र परमाणु संरचना ध्वस्त पार्नुपर्ने पक्षमा थियो। उसले बारम्बार त्यसका लागि ट्रम्पलाई दबाब पनि दिइरहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..