समृद्ध नेपालका लागि उद्योग क्षेत्रलाई राष्ट्रिय मुद्दा बनाउनु आवश्यक : मन्त्री भण्डारी

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ललितपुर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न उद्योग व्यवसायका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाल उद्योग परिसंघको २२औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री भण्डारीले उद्योग क्षेत्रका समस्यालाई क्षेत्र वा निकाय विशेषको सन्दर्भमा मात्र होइन, राष्ट्रकै समृद्धिसँग जोडिएको विषयका रूपमा लिनुपर्ने धारणा राखे।

उनले भने, “नेपालको अर्थतन्त्रमा उद्योगको योगदान हाल मात्र पाँच प्रतिशतमा सीमित छ, जबकि एक समय यो १५ प्रतिशत थियो। पुँजी बजारको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ। रोजगारी र उद्यमशीलता उद्योग व्यवसायसँगै गाँसिएको छ, तर अझै पनि राजनीतिक तहमा उद्योग व्यवसायलाई राज्यको मेरुदण्डको रूपमा हेर्ने दृष्टिकोण विकसित हुन सकेको छैन।”

मन्त्री भण्डारीले परिसंघले स्थापना कालदेखि उठाउँदै आएको मागहरू अझै पनि जस्ताका तस्तै रहेको उल्लेख गर्दै अब ठोस सुधार र स्पष्ट नीति आवश्यक रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..