सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा दुई म्युजिक भिडियो र सात गीत सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं — नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार नक्सालस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुईवटा म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका म्युजिक भिडियोलाई ‘तीते तीते…’ र लहभिरे भाकाको गीतमा आधारित छ। साथै, गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित राष्ट्रिय गीत लेखन प्रतियोगिताका विजेता गीतहरूको अडियो पनि सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिमा सङ्गीत र सिर्जनशीलताको भूमिका उल्लेख गर्दै यस्ता प्रयासहरू निरन्तर हुने बताइन्। सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले सार्वजनिक गरिएका सातै गीतको म्युजिक भिडियो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा भिडियो निर्देशक, गीतकार, सङ्गीतकार, गायक–गायिका र प्रतिष्ठानका कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उपस्थित कलाकार तथा सरोकारवालाहरूले यस्ता पहलले राष्ट्रिय संस्कृति र चेतना प्रवाहमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..