युद्धका बीच सुडानका सेना प्रमुख इजिप्ट भ्रमणमा निस्किए

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान देशमा जारी भीषण युद्धका बीच इजिप्टको भ्रमणमा निस्किएका छन् । गत अप्रिलमा युद्ध शुरू भएयता उनको यो पहिलो विदेश भ्रमण हो ।

सुडानको दोस्रो ठूलो शहर न्यालामा जारी पछिल्लो सङ्घर्षमा ३९ जनाले ज्यान गुमाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सरकारी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बिभको द्वन्द्वमा धेरै महिला र बालबालिकाले ज्यान गुमाएका छन् ।

जनरल बुरहान र उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोबीचको मतभेद अप्रिल १५ देखि युद्धमा परिणत भएपछि राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौंको मृत्यु भएको छभने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तको चरम अभावले सुडानका जनताको जीवन अतिकष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..