निलम्बित टेलिकम प्रमुख संगिता पहाडीलाई २ लाख धरौटी माग

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मंगलबार विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

टेलिकमको बिलिङसम्बन्धी वार्षिक मर्मतसम्भार ठेक्का (AMC) प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडीसहित अन्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले २४ जेठ, २०८२ मा तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यतिबेला संगीता पहाडी प्रमुख व्यवसायिक अधिकृत थिइन् । सुनिल पौडेललाई भ्रष्टाचार मुद्दा चलेपछि सरकारले पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया अघि बढाउनुको साटो पहाडीले बदनियत राखी ६ वर्षको वार्षिक मर्मतसम्भार सम्झौता गरेको र त्यसबाट टेलिकमलाई हानी नोक्सानी भएको अख्तियारको जिकिर थियो ।

सञ्चालक समितिले नै नयाँ प्रणाली खरिदको प्रक्रिया अघि बढाउन र त्यतिञ्जेलसम्म मात्रै मर्मतसम्भार ठेक्का बढाउन आदेश दिएकोमा त्यसविपरित ६ वर्षको ठेक्का दिएको अख्तियारको आरोप थियो ।

अख्तियारले उनी लगायत १८ जना विरुद्ध ३३ करोड ४८ लाख रुपैंया विगो मागदावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..