यूएई , एनआरएनए यूएईको बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । यसअघि एनआरएनए यूएईको अध्यक्ष विकास शाही थिए । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष मनोज गोर्खाली, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ लगायतको समेत सहभागिता थियो ।
कार्यसमितिको महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा, सुरिन भुजेल, सचिवमा केशव खड्का, सविन तामाङ, कोषाध्यक्षमा नवराज ढुंगाना, सहकोषाध्यक्षमा अलिना श्रेष्ठ तथा सदस्यमा विजय श्रेष्ठ चयन भएका छन् ।
ठकुरीले एनआरएनएमार्फत संगठन विस्तार, श्रम–सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान र नेपाली अभियन्ताहरूबिचको समन्वयमा अग्रणी भूमिका निभाइरहेका छन्।

