नेपाली म्यानपावर ब्यावसायी रिन्जि राईले मलेसियामा झुन्डिएर गरे आत्महत्या।

द्वारा प्रकाशित गरिएको हो |
२०७९ चैत्र २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

क्वालालम्पुर (मलेसिया):= नेपालको एक म्यानपावर ब्यावसायीले मलेसियामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको छ। नेपाल ठेगाना सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न.५ निवासी रिन्जि सागर राईले मलेसियामा शुक्रबार बिहान करिबकरिब ०४:०० बजेको समयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेका हुन।

कवि तथा गीतकार समेत रहेका रिन्जि सागर राई नेपालको मारभेलोउस एम्पोलोईमेन्ट नेपाल (marvellous employement nepal pvt ltd) नामक म्यानपावरको निर्देशक (Director) समेत हुनुहुन्थ्यो।

जानकारी अनुसार पछिल्लो केहि महिना पहिले नेपालबाट आफ्नो म्यानपावरमार्फत केहि नेपाली युवाहरुलाई मलेसियामा रोजगारीमा लगाईदिने भनेर ल्याएका थिए। तर यहाँ मलेसियाको रोजगारदाता कम्पनीले भनेको समयमा काम र पारिक्ष्रमिक नदिएर ती नेपालीहरुलाई त्यतिकै कोठामा राखेका थिए। ती नेपालीहरुले काम र पारिक्ष्रमिक पाउनुपर्ने भन्दै मलेसिया स्थित नेपाली दूतावास लगायत विभिन्न निकायमा उजुरी दिइएका थिए।

तिनै नेपालीहरुको समस्या समाधान गर्नको लागि केहि दिन पहिले मलेसिया आईपुगेका रिन्जि राईले आफ्नो तर्फबाट आवश्यक सबै किसिमको पहल गरेर यहीँ मिति सन् २०२३ अप्रिल ६ तारिख कम्पनीमार्फत मलेसियन सरकारको नियम अनुसारको आरएम १५०० रिंगेट बेसिक सेलरी सबै कामदारलाई भुक्तानी गराउन सफल भएपनि , यहीँ अप्रिल ७ तारिख शुक्रबारको दिन बिहान कामदारहरु बस्ने होस्टेलको शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। तर उनले आत्महत्या गरेका हुन वा कसैले हत्या गरेका हुन भन्ने बारे खुल्न बाँकी रहेको छ।

उनका सहकर्मीहरुले दिइएको जानकारी अनुसार मृतक राई पछिल्लो केहि बर्षदेखि मनोरोग (डिप्रेशन) को शिकार हुनुभएको थियो। स्थानीय मलेसियन प्रहरीको समन्वयमा मृतक राईको शव अनुसन्धान र पोष्ट्मार्टमको लागि अस्पतालमा लगिएको छ। पोस्टमार्टम सकिए पश्चात् शवलाई नेपाल पठाउने प्रक्रिया अगाडि बढाइने नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..