‘बिहे पास’मा दयाहाङ संग प्रकृति

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति श्रेष्ठले लामो समयपछि अभिनयमा कमब्याक गर्ने भएकी छन् । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया बस्न थालेकी उनी फिल्म ‘बिहे पास’ बाट पर्दामा फर्किन लागेकी हुन् । यसमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिने भएको छ । फिल्ममा दुवै अनुबन्ध भइसकेका छन् । प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् ।

सामाजिक विषयवस्तुमाथि निर्माण हुन लागेको फिल्मको आउँदो चैत पहिलो साताबाट छायांकन गर्ने तयारीमा निर्माण टिम छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मका अन्य कलाकार तथा प्राविधिकको चयन भने बाँकी रहेको बताइएको छ ।

फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको हो । एक समय म्यूजिक भिडियोमा भ्याइनभ्याइ हुने गरेकी प्रकृति विवाहपछि भने रंगिन दुनियाँबाट पूर्ण रुपमा टाढा थिइन् । अफर आएका फिल्म समेत उनले अस्वीकार गरेकी थिइन् । अब भने उनी दयाहाङसँग जोडी बाँध्दै अभिनयमा फर्किने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..