बेल अझै संघर्षरत

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी –ग्यारेथ बेलले टोटनहम पुगेयता प्रिमियर लिगमा १ सय ६० मिनेटमात्र खेलेका छन् । जिनेदिन जिदानको रियल म्याड्रिडमा कम

अवसर पाएर इङ्ल्यान्ड पुगेका बेलको अवस्था त्यहाँ पनि फेरिकएको छैन । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले प्रशिक्षणका आधारमा

खेलमा मौका पाउने प्रष्ट पारेका छन् ।

पोर्चुगिज प्रशिक्षकले बेलले प्रशिक्षणमा एकरुपता देखाएको र फिटनेसमा समस्या नभए बढी मौका पाउन सक्ने बताएका छन् । ‘ म खेलाडीले

मिनेट मिनेटमा मौका दिन सक्दैन । त्यो जोखिम लिन सकिन्न । म त्यो बाटोमा हिड्न सक्दिन’, उनले बेलका बारेमा भने,‘ हामीलाई थाहा छ

केहि सिजन देखि उनलाई समस्या भएको छ । उनी चोट हुँदा नै यहाँ आएका हुन् । साना साना विषयमा तल माथि भइरहन्छ ।’

माउरिन्होले सबैभन्दा महत्त्वपूर्ण भनेको अभ्यासमा देखिने एकरुपता रहेको बताएका छन् । ‘कुनै समस्या विना अभ्यासमा एकरुपता देखियो

भने त्यसपछि खेलाडी तयार छन् भन्ने हो’, उनले थपे, ‘यसै समय दिन सकिन्न । मौका लागि तयार भने हुनुपर्दछ । अबका दिनमा कसरी अघि

बढ्छ त्यसका आधारमा मौका दिन सकिन्छ ।’

प्रिमियर लिग टोलीमा पनि उनको भविष्य निश्चित छैन । प्रिमियर लिगका १९ मध्ये ५ खेलमा मात्र उनले मौका पाएका छन् । त्यसको मुख्य

कारण भनेको कमजोर फिटनेस नै हो । रियलबाट लोनमा त्यहाँ पुगेका उनी टोटेनहमले स्थायी रुपमा अनुबन्धन गरेन भने पुनः रियल फर्कनु

पर्नेछ । अहिलेको अवस्था हेर्दा उनी रियलमै फर्कने सम्भावना प्रबल छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..