अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ ।अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ । सूचनामा मन्त्रालयले तत्कालका लागि दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाइएको बताएको छ । कानुनतः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउँछन् । यदि सरकारले दिएको अधिकारभन्दा बढी काम गरेको पाइएमा भिसा रद्दसम्मको सजायको व्यवस्था छ ।

सरकारका अनुसार यहाँ रहेका नर्सिङ होम तथा स्वास्थ्य क्षेत्रमा केयरिङ, नर्सिङलगायत काम गर्नेहरूलाई यो अधिकार प्रदान गरिएको छ । यसैगरी, अशक्त तथा अपांग नागरिकको रेखदेख र हेरचाह गर्ने काम गरिरहेका विदेशी विद्यार्थीले समेत यो सुविधा पाएका हुन् । यद्यपि यसका लागि सरकारको आधिकारिक निकायमा दर्ता भएको संस्थामा कार्यरत रहेको भने हुनुपर्नेछ । स्वास्थ्यसँग सम्बन्धित विषय अध्ययन गरिरहेका र स्वास्थ्य अधिकारीको निर्देशनअनुसार कोभिड–१९ को नियन्त्रणका क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई पनि यो सुविधा प्राप्त हुनेछ । सरकारले कृषि क्षेत्रमा काम गरिरहेका विदेशी विद्यार्थीलाई समेत दुई साताको ४० घण्टाभन्दा बढी काम गर्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..