प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ २८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ ।

सोमबार विहान ११ बजे बस्ने बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रुपमा उठेका प्रश्नहरुको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले बताए ।

त्यस्तै अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे पनि छलफल हुने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा तत्कालिन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिना भन्दा बढी भइसकेको छ ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन दिन आह्वान गर्दा ४३ जनाले आवेदन दिएका थिए । सर्च कमिटीले तीमध्येबाट १४ जनाको सर्टलिस्ट बनाएको छ । सर्ट लिस्टमा वौद्धिक चोरीको आरोप लागेका र यसअघि परीक्षण भइसकेका व्यक्ति समेटिएको भन्दै आलोचना भइरहेको छ

त्रिभुवन विश्वविद्यालयसँगै पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति गर्ने बेला भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..