अति गोप्य रूपमा अघि बढ्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको काम

द्वारा प्रकाशित गरिएको हो |
२०८० माघ २३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोठा नम्बर ३०४ । भित्र छन्– उपसचिव तेज प्रकाश प्रसाईं । उक्त कोठाभित्र पनि अर्को गोप्य कोठा छ, जहाँ उनी बस्छन् र कामकाज गर्छन् । बाहिरका आगन्तुकसँग उनको सहजै भेटघाट हुँदैन ।

उनको व्यस्तता त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि हो । सरकारले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न छनोट तथा सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले १५ दिने सूचना आह्वान गरेर सार्वजनिक रूपमा दरखास्त मागेको थियो । त्यही आधारमा ४३ जनाले आवेदन दिएका छन् । ती आवेदनकर्ताको आवेदन रूजु गर्ने, मूल्याङ्कन गर्ने लगायतका कार्य उपसचिव प्रसाईंको हातमा छ ।

बाहिरबाट कसैको पहुँच पुग्न नसकोस् भनेर उनलाई गोप्य रूपमा राखेर काम गर्न दिइएको हो । शिक्षा मन्त्रालयले यतिबेला उनलाई यही कामको लागिमात्रै खटाएको छ । यहाँसम्म कि उनले सञ्चारमाध्यममा समेत धेरै बोल्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..