कोरोनाको महामारीले ‘शैक्षिक आपतकाल’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सेभ द चिल्ड्रेनको मानवाधिकार समूहले महामारीले विश्वव्यापी रुपमा ‘शैक्षिक आपतकाल’को स्थिति सिर्जना गरेको जनाएको छ ।

समूहले जारी गरेको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ ।

सो रिपोर्टका अनुसार, करिब ९७ लाख बालबालिकाहरु फेरि स्कुल नफर्कने खतरा पैदा भएको छ ।

अहिलेको महामारीले तन्नम गरिब तथा सीमान्तकृतहरु सबैभन्दा बढी प्रभावित हुने रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार, गत अप्रिल महिनामा मात्रै, १ अरब ६० करोड बालबालिकाहरु स्कुल जानबाट बञ्चित भएका थिए । इतिहासमै एउटा पूरै पुस्ताको शिक्षा प्रणाली अस्तव्यस्त भएको यो घटना इतिहासमै पहिलो हो ।

त्यसो त महामारी फैलिनुभन्दा अगाडि पनि संसारभरिमा २५ करोड ८० लाख बालबालिकाहरुको पहुँच स्कुलसम्म हुन सकेको थिएन ।

title photo: https://www.globalgiving.org

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..