
काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।
आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो।
अहिले प्रदर्शनकारी बानेश्वर र बिजुलीबजार बीचका क्षेत्रमा छन्।
प्रदर्शनकारी अझै तितरवितर नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले बताएका छन् ।