रास्वपा सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ लगिँदैछ

द्वारा प्रकाशित गरिएको हो |
२०८२ श्रावण ३१, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ लगिँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ लैजान लागिएकाे हाे ।

लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए ।  उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा लैजाने तयारी रहेको प्रहरीले श्रोतले जनाएको छ।  प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भने लामिछानेलाई काठमाडौँ लैजाने विषयमा कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..