
काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत शक्ति नेपालका उम्मेदवार दिपक सिंह महर्जनले बिगत तीन दशकदेखि राजनीतिक दलले नेपाली जनताहरुलाई पटकपटक झुक्याएको आरोप लगाएका छन् ।
उनले आफ्नो विचार व्यक्त गर्दै संविधान र गणतन्त्र आएमा पनि व्यवहारमा परिवर्तन हुन नसकेको आरोप लगाएका हुन् ।
‘विगत तिन दशक भन्दा धेरै राज्यको शासन गरि आएका राजनितिक दलहरूले नेपाली जनताहरूलाई सधैभरि पटक पटक झुक्याइ्रह्यो। नेपाली जनताहरूको जीवन स्तरमा कहिल्यैपनि कुनै सुधार देखिएन ।’ उनले भनेका छन् ।
देश विकासको नाममा सडक निर्माण, ठूला निजी भवनहरु निर्माणदेखि निजी अस्पताल र विद्यालय खुले पनि जनताको जीवनस्तर उकासिन नसकेको बताए ।
‘कालोपत्रो गरिएको सडकहरू निर्माण भए, ठुला(ठुला निजी भवनहरू निर्माण भए, ठुला सपिङ्ग सेन्टर लगायत निजी अस्पतालहरू र निजी विध्यालयहरू पनि धेरै सङ्ख्यामा निर्माणहरू भए तर जनताको जीवनको स्तरलाई बलियो बनाउन चाहि कुनै राजनितिक दलको नेताले भने सकेनन् ।’ उनले भने ।
त्यसैगरी उनले राष्ट्रलाई सम्पन्न बनाउनका लागि पहिला जनतालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।