व्यवस्थामाथि नै प्रहार हुने गरी केही नेपाल ऐन संशोधन विधेयक ल्याइयो : सांसद गौतम

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले मुलुकको व्यवस्थामाथि नै प्रश्न उठ्ने व्यवस्था राखेर सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संसद्मा ल्याएको बताएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसद गौतमले धेरै ऐन संशोधन गर्ने गरी एउटा मात्रै संशोधन विधेयक ल्याएकोमा आपत्ति जनाएकी हुन् ।

सरकारले व्यवस्थित ढंगले विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो । ‘यो विधेयकमा ८१ वटा ऐन आकर्षित गरिएको छ । ८१ वटा ऐन कसरी पढेर, संशोधन गरेर अबको ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने हामीलाई थाहा छैन । विभिन्न मन्त्रीहरूले मन्त्रालयअनुसार अलग-अलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर ल्याइएको छ,’ उनले भनिन्, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कस्ता-कस्ता मस्यौदा राख्ने भनेर के सरकारलाई थाहा छैन ? थाहा छैन भने विज्ञहरूलाई बोलाएर पढौं । संसद् भवनमै पढ्नुपर्छ सांसदहरूले पनि, तर यसरी यो व्यवस्थामाथि नै प्रहार हुनेगरी यस्तो काम गर्न भएन ।’

केहीट्ठ नेपाल ऐन संशोधन गर्न बनेको विधेयक फिर्ता लिएर व्यवस्थित रूपमा अगाडि बढ्न सांसद गौतमले सरकारलाई सुझाव दिएकी छन् । उनले सभामुख देवराज घिमिरेलाई आग्रह गरिन्, ‘यो विधेयक यसरी जस्ताको त्यस्तै प्रस्तुत हुनु भनेको नेपालको संसदीय इतिहासमा एउटा दुर्भाग्यपूर्ण हो ।’ कानुनमन्त्री र वरिष्ठ नेता तथा संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल भएको पनि बताइन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..