
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एससीसीका नाममा नेपाल लुट्न नपाइने बताएका छन् ।
बुटवलमा समाजवादी मोर्चाले मंगलवार आयोजना गरेको सन्देशसभामा बोल्दै उनले बुधवारबाट शुरू हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताए । उनले भने, ‘नेपालको कानून, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौं, नेपाललाई निःस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर सर्तसहितको सहयोग हामीलाई चाहिँदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’
विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताए । उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे । यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ ।
राजनीतिक धेरै उपलब्धि धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धि भएनन् अब एक्लै हिँडेर त्यो उपलब्धि हुन सक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, नेता विप्लवले भने– विश्वबाट नै दलाल पुँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको, यसले नैरश्यता हटाउन सहयोग गर्ने उनको दाबी छ, धेरै उपलब्धि भएका छन् ।