
फाईल तस्विर
काजी कार्की (राष्ट्रवादी योद्दा)
प्रचलनमा रहेको परिभाषाअनुसार प्रजातन्त्र/लोकतन्त्र भनेको आफ्ना लागि आफैले शासन गर्ने
व्यवस्था हो| प्रजातन्त्र/लोकतन्त्रमा राज्यभन्दा जनता बलिया हुन्छन |
यस ब्यबस्थामा ब्यतिगता स्वतनत्रता पूर्ण सुशासन मानब अधिकार सक्ति पृथकीकरण जस्ता पक्क्ष
सुनिश्चित हुन्छन् लोकतन्त्रमा परिणाम आउनु मात्र मुख्य होइन परिणाम कसरी आयो भन्ने पनि
उतिकै महत्वपूर्ण हुन्छ |लोकतन्त्रलाई राजनीतिक दल र राज्यका अंगको कार्य सम्पादन गर्ने यन्त्र पनि भन्न सकिन्छ
लोकतान्त्रिक ब्यबस्थामा नागरिकले अधिकार खोज्दै लडीरहनपर्दैन अधिकारले नागरिकलाइ खोज्छ
सहि अर्थ मा लोकतन्त्रमा कानुन उलंघन सामाजिक विभेद र अन्याय जस्ता पक्क्ष कल्पनाबाहिरका
विषय हुन् |लोकतन्त्रमा नागरिक र राज्यको समबंद नङ र मासुको जस्तो हुनु पर्ने हो तर नेपाल मा त्यो भएन
राजा लाइ जनताले सडक बाट फालेर ल्याएको लोकतन्त्रले जनता लाइ झनै दुख दियो जनता के
चाहेको छ त्यो दलहरुले बुझेनन् अहिले देशमा कम्युनिष्ट हरुको सरकार छ सरकार अहिले सुखी
नेपाली सम्बृद नेपाल भन्छ जो नारामा मात्र राम्रो सुनिन्छ सम्बृदी कसरि आउछ ?जबकी देश का
युवा दैनिक २२०० का दरले विदेश बेचिदै छन् देशमा रोजगार सिर्जना गर्ने तर्फ सरकार किन सोच्दैन
?बन्द उद्योग फेरी संचालन हुन नसक्ने हो अब नेपालमा के सदै युवा बेचेर देश सम्बृद हुन्छ ?निरन्तरताको क्रमभंग का लागी युवा तयार नहुदा मुलुक स्वार्थको दलदलमा फस्यो युवा निरन्तरताकै
निरन्तरताको पक्षमा उभिदा मुलुकमा सास्कृतिक परिवर्तन असम्भव जस्तै भयो आमुल परिवर्तन
बिकास र सम्बृदीका लागि युवाको सोच सोचमा महा प्रलय आउन अनिबार्य हुन्छ |तर युवा समेत गलत राजनीतिक संस्कार बाटै दिक्षित हुदा हिजो मात्र होइन आज पनि देशले मुहार
फेर्न सकेको छैन अझ यसरि भनौ नेपाल मात्र त्यस्तो देश हो जहाँ जुनसुकै बाद र आस्थाका युवा
किन नहुन सबैले आफूलाई परिवर्तनकारी दाबि गर्छन तर उनीहरु पुरानो छोडेर नयाँसंग जोडिन
चाहदैनन् युवाको कर्म सहि नहुदा असम्भव हुनुपर्ने सम्भब र सम्भब नभई नहुनेचाही असम्भव भयो
युवा चलाएमान नहुदा मुलुकमा पुरानै भाकाले निरन्तरता पायो |नेपालमा लोकतन्त्र ब्यतिगत र दलीय स्वार्थ पुरा गर्ने माध्यम संघ सस्था का लागि परियोजना
चलाउने बिसय बैदिक बर्ग बनिएका लागी स्रोतव्यक्ति बन्ने अवसर अपराधिका लागि
मानबअधिकारको आड लिने काइदा कर्नाचारी का लागि अधिकारको नाममा राजनीति गर्ने मौका
ब्यबसायी लाइ कालोबजारी गर्ने र सिण्डिकेट लगाउने अस्त्र सत्ता पक्क्ष कालागि सरकार टिकाउने र
विपक्षका लागि सरकार गिराउने खेलसिबाय अरु केहि भएन |
नेपालमा लोकतन्त्र सबैको अभिस्ट पुरा गर्ने साधन मात्र बन्यो बिकास र सम्बृदी को साध्य बन्न
सकेन |तत्कालिन माले का माहासचिव मदन भण्डारी ले एउटा सार्बजानिक कार्यक्रम मा भनेका थिए
साम्राज्यवाद र एकाधिकार पुजिबादलाइ समाप्त पार्नु पर्यो यस्तो भयो भने मात्र यो मुलुकमा आमुल
परिवर्तन हुन् सक्छ मुलकुरा साम्राज्यवादका अबसेस लाइ उच्छेद गर्नु हो त्यो उच्छेद गर्न निम्ति
नेपाली जनता लामो समय देखि बर्ग संघर्षमा लागी रहेका छन् राजनीतिक आन्दोलनको अभीयानमा
लागिरहेका छन् |
राष्ट्रिय स्वतन्त्रता प्राप्ति को अभीयानमा लागिरहेका छन् |यस्तो भयो भने मात्रै यो मुलुक को
प्रगति र सम्बृदी को ग्यारेन्टी हुन सक्छ एकजना राजा रहने कुराले त्युत्रो ठुलो आपप्ति हुदैन तर
सामन्तबाद दलाल नोकरशाही पूंजीवाद र साम्राज्यवाद शोषण रह्यो भने राजा नरहे पनि हाम्रो
स्थितिमा कुनै पनि परिवर्तन आउदैन प्रमुख शत्रु हटे पनि आधारभूत कुरा परिवर्तित भएन भने
जनता र राष्ट्रको जीवनमा खुसियाली आउँन सक्दैन |
नेपाल को मुख्य विडम्बना भनेकै शासकले शासनसत्ताको निरन्तरताको लागि देशको बिकास गरिरहनु
पर्ने बाध्यता नहुनु हो इतिहास का सासक हरुले देशको बिकास गरेर जनताको विस्वास जित्न
खोजेनन बरु मठ मन्दिरमा पुजा -आरधाना गरि सक्ति आर्जन गर्न खोजे आजका सासक पनि धर्म
संकृतिभन्दा माथि उठ्न सकेका छैनन् पुजा -आरधाना कमै गरे पनि बैज्ञानिक गतिको छेउटुप्पो नै
भेट्न सकेनन |
तुलानात्म रुपमा हेर्दा देश नबन्नुमा हिजो का सासक को खासै दोष देखिदैन उनीहरुले गर्न सकेनन
भनेरनै जनताले नयाँ ब्यबस्था का लागि बलिदानी गरेका हुन् |तर बलिदानीपश्चात् प्राप्त
लोकातान्त्रिक व्यवस्था मा पनि बादशाहको नयाँ लुगा भन्दा फरक छैन |
शासक गतिसिल नहुदा अन्यायको जगमा बिकास भएको पुरानो सामाजिक संरचनामा कुनै बदलाव
आएन जरैदेखि परिवर्तनगर्नुपर्ने धार्मिक सास्कृतिक संरचना जस्ताको त्यसतै रह्यो |
अमेरिका र रुसजस्तो देशको त कुरै नगरौ नेपाल को दक्षिण छिमेकी भारतले नै बिस्व लाइ चकित
पार्दै प्रबिधि को बिकास गर्दैछ बि.स.२०७३ सालमा एकै पटक एक सय चार वटा भूउपग्र एकै साथ
अन्तरिक्षमा पठायो चिन ले सन् २००३ मा आफैले बनाएको रकेट अन्तरिक्षमा पठाउने बिस्वको तेस्रो
देश बन्न सफल भयो |तर नेपालमा भने आज पनि नयाँ प्लेन ल्याउदा पुजा पाठ गरिन्छ बोको बलि
दिइन्छ धार्मिक जडता कुन हद सम्म भने जे देख्यो त्यसैलाई भगवान ठानेर पुजा गरिन्छ रुख खोला
नदि पाहाड गाइ गोरु कुकुर सर्प गाडी मोटरसाइकल सबै भगवान |