प्रदेश १ को सातौं संसद अधिवेशन आज देखि सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रदेश १ को सातौं संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदै छ । सत्तारुढ नेकपा विभाजनपछि बैठक हुन लागेको हो । प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा दुई समूहमा विभाजित भएपछि सुुरु हुन लागेको संसद बैठक मुठभेड तर्फ अग्रसर भएको देखिएको छ ।

नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको अवस्थामा सुरु हुन लागेको अधिवेशनले अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानुपर्ने कानुनी बाध्यताको सामना गर्दै छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसलाई साथमा लिएर सरकार ढाल्न दाहाल–नेपाल समूहलाई चुनौती छ । आफ्नो सरकारलाई निरन्तरता दिनका लागि कांग्रेसको चित्त बुझाउन मुख्यमन्त्री राईलाई पनि चुनौती छ ।

 

हाल प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य मध्ये नेकपाका ६७ जना रहेका छन् । जसमा ३२ जना प्रचण्ड र नेपाल पक्षमा रहेका छन् । उनीहरुले मंगलबार विराटनगरको होटल एशियाटिकमा संसदीय दलको बैठकको आयोजना गरेका थिए । यसअघि, मुख्यमन्त्री राईविरुद्ध गत पुष १२ गते अविश्वासको प्रस्ताव दर्ता गराउँदा ३७ जनाको हस्ताक्षर रहेकोमा हाल पाँच जना प्रदेश सभासदस्यले आफ्नो अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारमा सहभागि हुने÷नहुने विषयमा निर्णय गर्न सकेको छैन ।

सरकारमा सहभागिताबारे औपचारिक निर्णय नभएको प्रमुख सचेतक केदार कार्कीले बताए ।  मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘ अन्य राजनीतिक सहमति नहुँदा सम्म काँग्रेस तटस्थ नबस्ने, बस्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..