आजको मौसम

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । हिमपातका कारण अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा चिसो बढेको छ । हिजो काठमाडौं उपत्यकाको शिवपुरी, चन्द्रागिरी, फूलचोकी, नगरकोटसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राती प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा बिस्तारै गर्मी बढ्दै जाने मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..