निर्वाचन घोषणापछि थपिए ३ नयाँ पार्टी, दल दर्ताका १७ निवेदन आयोगमा

द्वारा प्रकाशित गरिएको हो |
२०८२ कार्तिक १७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रतिनिधिसभा निर्वाचन घोषणा भएयता पुरानादेखि नयाँ पुस्तासम्मले दल खोलेर चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । निर्वाचन घोषणा भएपछि ३ नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी र जनमत पार्टीबाट विभाजित जनस्वराज पार्टी आयोगमा दर्ता भएका हुन् ।

यी पार्टी थपिएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय २५ पुगेको छ । यस्तै, गत आर्थिक वर्ष र जेन–जी आन्दोलनयता गरी दल दर्ताका लागि आएका १७ निवेदन आयोगमा विचाराधीन छन् । गत आर्थिक वर्षमा दल दर्ताका लागि परेका ९ निवेदनमा आयोगले निर्णय गर्न बाँकी छ । आवश्यक कागजातहरु पूरा नगरेकाले ती निवेदनमाथि प्रक्रिया अगाडि बढेको छैन ।

यस्तै, जेन–जी आन्दोलनयता परेका १० निवेदनमा राई नेतृत्वको पार्टीले प्रमाणपत्र पाएको हो भने अर्को एक पार्टीले प्रक्रिया अघि नबढाउन निवेदन दिएको छ, जसका कारण ८ निवेदनमा मात्र आयोगले निर्णय गर्न बाँकी छ । धरानका प्रमुख राई नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार दल दर्ता प्रमाणपत्र पाएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ताका लागि निवेदन दिएकामा उनले प्रक्रिया अगाडि नबढाउन अर्को निवेदन दिएपछि आयोगले त्यसलाई स्थगन गरेको छ । नयाँ थपिएका २ दल भने पार्टी विभाजनपछि आयोगमा दर्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..