ओखलढुंगामा पुनः १ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ओखलढुंगा । ओखलढुंगाका थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । केही समयअघि साउदीबाट आएर ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा रहेका सुनकोशी गाउँपालिका ५ का २४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

गत आईतबार जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका २१ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएका मध्ये एकजनामा मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । अन्य २० जनाको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टी भएका ती युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने तयारी गरिएको तिवारीको भनाई छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।

यसैबीच संक्रमित ती युवक साउदीबाट ६ गते चतरामा आएर ७ गते एम्बुलेन्समार्फत सिधै ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा आएर बसेको पाइएको छ । संक्रमितको कन्ट्रयाक ट्रेसिङका क्रममा उनीसँग सोलुखुम्बुका अन्य ४ जना युवाहरु समेत सँगै आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..