स्नातकमा आईटी : यसरी छान्नुहोस् उपयुक्त कोर्ष र कलेज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २१, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । नेपालमा पछिल्लो समय सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । कम्प्युटर र सफ्टवेयर प्रविधिको क्षेत्र फराकिलो बनिरहँदा यसमा आधारित नयाँ-नयाँ पाठ्यक्रम बनिरहेका छन् ।

कम्प्युटर र सूचना प्रविधि सम्बन्धी यस्ता कोर्शहरु कतिपय कम्प्युटर साइन्ससँग नजिक छन् भने कतिपय सूचना प्रविधिसँग सम्बन्धित छन् र कतिपय कम्प्युटर इन्जिनियरिङसँग सम्बन्धित छन् ।

अनि यस्ता काेर्शहरू पढ्न विद्यार्थीका लागि पनि धेरै विकल्प छन् । नेपालमा स्वदेशी विश्वविद्यालयदेखि विदेशका नाम चलेका विश्वविद्यालयका शैक्षिक कार्यक्रम र कलेज छन् । तर धेरैजसाे विद्यार्थी विषय र कलेज छनाैटमा दुविधा पालेर बस्ने गरेका छन् ।

यसकारण हामीले आईटी काेर्श गर्नुअघि उपयुक्त काेर्श र कलेजकाे छनाैट कसरी गर्ने भन्नेबारे जानकारी दिँदै छाैं ।

१. सम्बन्धन तथा मान्यताबारे बुझ्नुहोस्

सबैभन्दा पहिले आफूले पढ्न चाहेको कलेज कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको छ, त्यो थाहा पाउनुहोस् । त्यसपछि आईटी कोर्शको पाठ्यक्रम कस्तो छ, पछिल्लो आईटी उद्योगको माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम छ कि छैन, समय समयमा पाठ्यक्रम अपडेट हुने गरेको छ कि छैन, क्रेडिट आवर कतिको छ लगायतका विषयमा गहन हिसाबले बुझ्नुपर्छ ।

यो विषयमा आफू स्पष्ट भइसक्नुभएको छ भने अब आफूले पढ्न लागेको आईटी कोर्शलाई अन्य विश्वविद्यालयले (एक्रिडिटेशन) मान्यता दिन्छ कि दिँदैन, त्याे जाँच्नुहाेस् । साथै अध्ययनका क्रममा अर्को विश्वविद्यालयमा अध्ययन गर्ने चाहना राख्दा क्रेडिट ट्रान्सफर हुन्छ कि हुन्न , त्याे पनि थाहा पाउनुहाेस् ।

२. कलेजकाे पूर्वाधार र सुविधा थाहा पाउनुहाेस्

आफू भर्ना हुन खोजेको कलेजको आन्तरिक अवस्था बुझ्नुहोस् । आफ्नो आईटी करियर सफल हुन कलेजको वातावरणले महत्वपूर्ण भूमिका खेल्दछ । कलेजको संरचना, यातायात सुविधा, छात्रवृत्तिको सुविधा, गुणस्तरीय अध्ययनका लागि आवश्यक ल्याब, लाइब्रेरीलगायतका स्रोतको राम्रो व्यवस्था भए नभएकोबारे ध्यान दिनुहाेस् । साथै यसअघि कलेजले ल्याएकाे नतिजा पनि जाँच्नुहाेस् ।

३. इन्टर्नशिप, प्रोफेसनल ट्रेनिङ र जब प्लेमेन्टकाे सुविधा

आईटी आफैंमा व्यवहारिक र प्रयोगात्मक शिक्षा भएकाले कलेजले पढाइसँगै इन्टर्नसिप, ट्रेनङि, जब प्लेसमेन्ट आदिका लागि कस्ता गतिविधि गर्दै आएको छ, त्यसको अध्ययन गर्नुहोस् । साथै कलेजले आईटी उद्योगका रहेका कम्पनी र संस्थासँग सहकार्य गरेको छ कि छैन भनेर बुझ्नुहोस् । आफ्नो आईटी करियर उद्योगमा स्थापित गर्न कलेजले ठूलो भूमिका खेल्न सक्ने भएकाले यी कुरामा तपाईं चनाखो हुनुपर्छ ।

४. शुल्क बुझ्नुहाेस्

कलेज र आईटी कोर्श मन परेर मात्रै भएन, शुल्क चित्त बुझेन भने कलेजमा भर्ना हुन सकिँदैन । यसकारण आफूले इच्छाएको कोर्श पढ्न कुल कति खर्च लाग्छ, छात्रवृत्ति छ कि छैन त्यसको अध्ययन गर्नुहोस् ।

नेपालमा हाल स्नातक तहमा आईटी पढ्न ५ लाखदेखि १३ १४ लाखसम्म शुल्क लाग्ने कलेजहरु छन् । तपाईंले स्वदेशका विश्वविद्यालय र विदेशका विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजका शुल्क अन्तर भेट्नुहुन्छ । परिवारको आर्थिक अवस्थालाई ध्यान दिएर त्यस अनूकुलको कलेज छनौट गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..