जोखिम घटाउ विद्युत् उत्पादन सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०८१ आश्विन ११, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

कुलेखानी जलाशय भरिने चरणमा पुगेको छ । बिहीबारदेखि भएको वर्षाले देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल (कुलेखानी जलाशय) भरिन लागेको हो । मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । उक्त क्षेत्रमा वर्षा भइरहेकाले पानीको तह बढिरहेको छ ।

कुलेखानी ड्याममा हाल १ हजार ५२६.६६ मिटर पानीको तह मापन गरिएको छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शुक्रबार ५ बजेसम्ममा कुलेखानीमा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिएको छ । हालकै गतिमा वर्षा भइरहेको खण्डमा कुलेखानीमा पानीको सतह ७÷८ घण्टामा भरिने उनले बताए । कुलेखानीमा पानीको सतह भरिएपछि आफै ओभर प्लो हुने र ड्याममा जोखिम देखिए मात्र ढोका खुला गरिने उनको भनाई छ । कुलेखानी भरिएर ड्यामा खतराको संकेत देखिएमा मात्र ड्यामको ढोका खोलिने उनले बताए ।

उनले कुलेखानी जलाशयको सतह भरिँदै गएकाले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन् । कुलेखानीमा पानीको सतह बढ्दै गएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाको नदी तटीय क्षेत्रमा सतर्क रहन उनले आग्रह गरेका छन् । उनले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको बताए । जलाशयको पानी कुलेखानी खोला हुँदै बागमती खोला भएर बग्ने भएकाले आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

जोखिम घटाउ विद्युत् उत्पादन सुरु

मुलुकमा मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले पनि यो आयोजना नियमित रूपमा सञ्चालन गर्नु नपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना नियमित सञ्चालनमा नआउँदा जलाशयको पानी खपत भएको छैन । विगत ३ दिनदेखि कुलेखानीबाट विद्युत् उत्पादन बन्द थियो । त्यसअघि ७०० मेगावाट विद्युत् उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको उनले बताए ।

कुलेखानी जलाशयको पानी १ हजार ४ सय ८४ मिटर उचाइसम्म प्रयोग गर्न मिल्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ । कुलेखानी जलाशयबाट ३ वटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालका अनुसार कुलेखानी जलाशय भरिँदै गएपछि जोखिम घटाउन विद्युत् उत्पादन सुरु गरिएको छ । कुलेखानी प्रथम आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याइएको उनले बताए । अन्यत्रको विद्युत् उत्पादन घटाएर कुलेखानी संचालन गर्नेगरी विद्युत् उत्पादन थालिएको प्रजिअ चिलवालले बताए । कुलेखानीको पानी डिस्चार्ज नहुँदासम्म विद्युत् उत्पादन गर्न भनिएको उनले बताए ।

कुलेखानी जलाशयको जोखिम क्षेत्रमा सुरक्षा निकायहरूलाई अलर्ट अवस्थामा राखिएको र नागरिकहरूलाई सु–सूचित गर्न माइकिङको व्यवस्था गरिएको उनले बताए । स्थानीय तहको समन्वयमा जोखिम क्षेत्रहरूमा सचेतनाको काम भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..