स्रोत नखुलेको रकम सहित पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं, २०७७ माघ १६ गते

काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका

२४ थान चेक सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ घर भएका २७

वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले

शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई

आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण बिभाग पुल्चोक पठाइने उक्त वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..