नेकपाको आधिकारिकता विवाद टुंगिइसक्यो, आयोग निर्वाचनको तयारीमा छ : नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् ।

निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, दाहाल–नेपाल समूहले छलफलका लागि थप समय मागेपछि आयोगले ओली समूहका नेताहरुसँग मात्रै छलफल गरेको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल नेम्वाङले जानकारी दिए ।

‘सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसघा विघटनलाई लिएर रिट निवेदनहरु परेका छन् । अहिले त्यसको सुनवाइ भइरहेको छ । तर यही क्रममा सर्वोच्च अदालतले स्टे अर्डर नगर्ने आदेश छ । यो परिप्रेक्ष्यमा हामी सबैको र निर्वाचन आयोगको बुझाई निर्वाचनको तयारीमा अगाडि बढ्नु पर्छ भन्ने हो,’ नेम्वाङले भने, ‘सर्वोच्च अदालतले सुनुवाइका क्रममा अर्कै आदेश गरेछ भने फरक कुरा हो । हैन भने यो सन्दर्भमा निर्वाचन आयोगलगायत सबै निर्वाचनमा लाग्नु बाहेक उपाय छैन । हामीले यही कुरा राख्यौं । दल दर्तासम्बन्धी प्रक्रिया अगाडि बढाउनुस्, निर्वाचनको सबै कार्यमा तदारुकताका साथ अगाडि बढ्नुस भन्ने सुझाव दियौं ।’

नेम्वाङले नेकपाको आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको दाबी गरे । ‘अधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यही आधिकारिकताको जगमा उभिएर यो सम्पूर्ण प्रक्रिया अगाडि बढ्छ । हामी समयमा निर्वाचन सम्पन्न गर्छौं भनेर निर्वाचन आयुक्तले जानकारी दिनु भएको छ,’ नेम्वाङले भने ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो । विवाद बढेपछि दुवै पक्षले अलग–अलग ढंगले केन्द्रीय समितिको बैठक बसेर गरेका निर्णयहरू आयोगले स्वीकार नगरेपछि नेकपा औपचारिक रूपमा फुटेको मानिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..