
पशुपतिनाथको मन्दिर आइतबार दिनभर बन्द हुने भएको छ। शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ।
पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ।
धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेकाले आइतबार दिनभर बन्द गरिएको खतिवडाले बताए।
कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुष १ गतेदेखि खुलेको थियो।