पूर्वप्रधानन्यायाधीशहरूलाई ओलीको चेतावनी- अदालतलाई गुमराहमा पार्न, धम्क्याउन, अल्मल्याउन बन्द गर्नुस्

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई धम्क्याउने, अलमल्याउने र गुमराहमा पार्न खोजेको आरोप लगाएका छन् । शनिबार आफू निकटका युवा संघको भेलामा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले शुक्रबार जारी गरेको विज्ञप्तिलाई लक्षित गर्दै त्यस्तो आरोप लगाएका हुन् ।संसद विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशहरूले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेका थिए । उनीहरूले संवैधानिक व्यवस्थाको गलत उल्लेख गरेको, संविधानमा नभएको अधिकार उल्लेख गर्दै संसद विघटन गरेको भन्दै ओलीको कदमको विरोध गरेका थिए ।

एकपल्ट अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने भन्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूलाई चेतावनी दिएका हुन् । ‘पोहोर, परार जागिर खाएको थिए र अहिले पनि जागिर खाएको छु भन्ने नठान्नुहोस् । सर्वोच्च अदालतको सर्वोच्च पदमा रहेका व्यक्तिहरूले अदालतलाई गुमराहमा पार्ने, धम्क्याउने, अल्मल्याउने गर्न पाउँदैन । बन्द गर्नुपर्छ,’ उनले थपे, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्छ । न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ भइरहेको छ । कानुन व्यवसायीहरूले बृहत् पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनुपर्ने माग गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने संवैधानिक इजलासबाट नै मुद्दाको टुंगो लगाउनुपर्ने बताएका छन् । उनले संविधानमा संवैधानिक इजलासमा नै यस्ता मुद्दा जाने भनेकाले अन्य इजलास खोज्न नहुने बताए । ‘संविधानमा संवैधानिक इजलास छ । अहिले केही अजासु छन् । संवैधानिक इजलासले हुँदैन भनिरहेका छन् । कुन संविधानले भन्यो संवैधानिक इजलासले हुँदैन ?,’ ओलीको प्रश्न थियो ।

बाहिरबाट यस्तो इजलास चाहियो र उस्तो इजलास चाहियो भन्ने र सर्वोच्च त्यसरी नै चल्ने हो भने किन सर्वोच्च अदालत चाहिने भनेर ओलीले असन्तुष्टि पोखेका छन् । उनले संसद विघटनविरुद्धमा लागेकाहरू ‘हण्डीबाट चलेको’ आरोप लगाएका छन् । उनले त्यसरी लागेकाहरूको बोली ‘बिकाउ’ भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..