धोती जुलुसको नारा : आज होइन भोलिलाई, १० वर्ष ओलीलाई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । काठमाडौमा धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए । उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।

उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नेछन् ।

रातोपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..