११४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे भीम रावल र देव गुरुङ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्ध नेकपाका सांसदहरू सर्वोच्च अदालत पुगेका छन्।

विघटित प्रतिनिधि सभामा नेकपाका ११४ जना सांसदको हस्ताक्षरसहित नेताद्वय भीम रावल र देव गुरुङ सर्वोच्च अदालत पुगेका हुन्। गुरुङ प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक थिए।

प्रधानमन्त्रीले एकलौटी रूपमा प्रतिनिधि सभाको विघटन सिफारिस गरेको र अहिले पनि संसद जीवितै रहेको भन्दै सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहका नेता अदालत पुगेका हुन्।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक चलिरहेकै बेला रावल र गुरुङ सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालत गएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..