आजबाट खुल्यो काठमाडौं-दिल्ली उडान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान ९ महिनामा आजबाट सुरु भएको छ ।

भारतले प्रस्ताव गरेको एयर बबल सम्झौतामा नेपालले सहमति जनाएपछि आजबाट काठमाडौं दिल्ली उडान सुरु भएको हो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले आज बहान दिल्ली उडान गरेको हो । एयर इण्डीयाले भने डिसेम्बर २७ बाट मात्रै काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ ।

काठमाडौं दिल्ली उडान सुरु भएपनि नेपाल एयरलाईन्सले भारतका अन्य गन्तव्य शहरहरु बैंगलोर र मुम्बईमा भने तत्काल उडान गर्न पाउने छैन ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत दुईपक्षीय उडान सम्झौता गरिसकेको छ ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाले दैनिक एक एक वटा उडान गर्नेछन् । यात्रुको चाप हेरेर केही समयपछि उडान संख्या बढाउँदै लाने तयारी गरिएको छ ।

काठमाडौंबाट दिल्लीमा उडान नहुादा उपचार, अध्ययन र व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..