दुईदेशका वाणिज्य सचिवहरुले नेतृत्व गर्ने बैठक नेपाल र भारतबीच भएको पारवहन र व्यापार सन्धिमा देखिएका समस्या सहजीकरणमा केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपालले आयोजना गर्ने भर्चुअल बैठकमा गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्दा सम्झौता भएको अन्तरदेशीय जलमार्ग प्रयोगका ढाँचाबारे छलफल हुनेछ। यस्तै रेल सेवा सम्झौताको नविकरण, एकिकृत जाँच चौकी,भारतका तर्फबाट भैरहेको गैरभन्सार अवरोध, वस्तुको कोटा तोक्ने जस्ता विषयमा पनि छलफल हुनेछ ।
विज्ञहरुले भने सरलीकृत व्यापारका लागि एकिकृत पारवहन सन्धी र सन्तुलित व्यापार सन्धिको नविकरणमा जोड दिएका छन् ।
भारत, नेपालको सबैंभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्र २सय ६४ अर्बको सामान भारतबाट आयात भएको छ । यो अवधीमा नेपालले २८ अर्बको निर्यात गरेको छ। हरेक सात वर्षमा भारतसँग व्यापार र पारवहन सन्धी हुँदै आएको छ । सन् २०१६ मा पछिल्लो पटक व्यापार सन्धी नविकरण भएको छ भने पारवहन सन्धि सात वर्ष अघि भएको थियो । आज हुने सहमतिपछि पारवहन सन्धि स्वत सात वर्षका लागि नविकरण हुनेछ ।

