बुटवलमा प्रहरीकै पेस्तोल खोसेर ‘तस्कर’ले चलाए गोली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बुटवल — बुटवलमा गैंडाका खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएका छन् । खाग तस्कर बसेको सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरीकै पेस्तोल खोसेर एक तस्करले अर्कोलाई गोली हानेको रुपन्देहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।

बुटवल,८ सुख्खानगरको पश्चिमाञ्चल फाइनान्स पछाडि बिहान करिब ९ बजे गोली चलेको थियो ।

गोली लागि घाइते भएकालाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनको चिउडोमा गोली लागेको छ ।

तस्करीमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएको तर एकजना भागेको प्रहरीले बताएको छ । उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय बुटवलका डट्एठसपी प्रतितसिंह राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..