डोटीमा जिप दुर्घटना मृत्यु हुनेको संख्या चार पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

डोटी : डोटीको बोगटान फुड्सिल गाँउपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

मृतक मुञ्जु त्रिपाठीकी घाइते ३ वर्षीय छोराको उपचारका लागि बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो। उनको उपचारार्थ दिपायल लैजाँदै गर्दा मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले जानकारी दिएकी छन्।

उपचारका लागि उपाध्यक्ष बमले बच्चालाई काखमा राखेर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। मृतक त्रिपाठी, उनका छोरा र उनकी सासुआमा एकै घरका हुन्। उनीहरुको घर बैतडी जिल्ला रहेको जनाइएको छ।

कच्ची सडकमा जिप भीरबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। राति करिब एक बजे जिप दुर्घटना भएको थियो।

अन्य घाइतेहरूको उपचारका लागि दिपायलतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..