फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बुधबार कोरोना संक्रमणका कारण निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बुधबार निधन भएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

 

समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार् अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए । सन् १९८१ मा राष्ट्रपति पदका लागि चुनाव लडे पनि उनी समाजवादी फ्राँस्वा मितेरँसँग पराजित भएका थिए । फ्रान्सली समाजको आधुनिकीकरण, गर्भपतनलाई वैधता, आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झार्ने काम दिस्तँले गरेका थिए ।

साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जोड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बाहिरिने विषयमा जनमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई युनियनमै रहन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..