कक्षा १२ को परीक्षा सुरू, चारलाख बढी सहभागी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको परीक्षा आजदेखि सुरू भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा देशभरिका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् ।

४० नम्बरको पूर्णांकको लागि भइरहेको परीक्षामा बिहान ८ बजेबाट सुरु भइडेढ घण्टामै सकिएको छ । थप ४० नम्बर कक्षा ११ र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिनेछ । यसपटक विद्यार्थीले आफू पढेकै विद्यालयमा परीक्षा दिन पाएका हुन् । गाउँघर गएका विद्यार्थीले भने पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षाको तयारी गरेको बोर्डले जनाएको छ । हेल्थ डेस्क राखेर सामाजिक दूरी कायम गरी, थर्मल गनले विद्यार्थीको ज्वरो जाँचेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..