अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट दैनिक एक हजार तीन सयको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी:-    अमेरिकाको न्यूयोर्क शहर कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। न्यूयोर्कमा विद्यालयहरु बन्द भइसकेका छन्। विश्वभर ५ करोड ७४ लाख बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्।

कोभिड १९ संक्रमणका कारण विश्वभर १३ लाख ५० हजारभन्दा बढीको ज्यान गएको छ। संक्रमणदर युरोपमा पनि बढ्दै गएको छ। अहिलेसम्म युरोपमा एक करोड ५० लाख मानिस संक्रमित भएका छन्।

भारतमा ९० लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो समय मेक्सिकोमा पनि मृत्युदर बढ्दो छ। मेक्सिकोमा कोरोना संक्रमणका कारण एक लाख मानिसको ज्यान गएको छ।

मृत्यु धेरै हुनेमा मेक्सिको चौथो देश हो। कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका रहेको छ। अमेरिकामा दुई लाख ५४ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

त्यसपछि ब्राजिलमा एक लाख ६८ हजारभन्दा बढी तथा भारतमा एक लाख ३२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..