१ बजे नेकपा सचिवालय, २ बजे मन्त्रिपरिषद्

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने भएको छ। नेकपा प्रवक्ता  नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी गराएका हुन्।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो दुई बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

पार्टीमा देखिएको विवादका कारण नेकपा सचिवालयको बैठक र मन्त्रिपरिषद्को बैठक जुधाइएको थियो। एक बजे बाेलाइएकाे मन्त्रिपरिषद्को बैठक दुई बजेका लागि सारिएकाे छ।

त्यस्तै पर्यटनमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले बुधबार बिहानै ‘सर्वाधिक कठिन समय’, भनेर सामाजिक संजालमा लेखेका छन्।

नेकपाको अघिल्लो सचिवालय बैठकमा  अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध पेश भएको प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष ओली पक्षको अडान र प्रस्ताव फिर्ता नलिने प्रचण्डपक्षको अडानका कारण आजका लागि बोलाइएको बैठक नेकपा नेता तथा कार्यकर्ताहरुका लागी महत्वपूर्ण हुने आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..