कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाको अग्रता,

द्वारा प्रकाशित गरिएको हो |
२०८३ आश्विन २६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् ।

 

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।

खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..