नाबालिकालाई करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक युवकलाई मंङ्गलबार पक्राउ गरेको छ ।
पीडित पक्षको जाहेरी दरखास्तको आधारमा हेटौँडा उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय ऋषि केबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
पक्राउ परेका युवकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

