
२० असोज, काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन: बनाउन सुरु भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुन: निर्माण गर्न लागेको हो । पानीको बहाव कम हुँदै गएकोले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिइन् ।