वैदेशिक रोजगारीका नाममा ठगिएकाहरू उजुरी लिएर काठमाडौं धाउनु नपर्ने गरी सरकारले नयाँ कार्यविधि ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप तथा सिफारिस गर्ने सम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुमै वैदेशिक रोजगारीका ठगीसम्बद्ध उजुरी दिन सकिने र ठगी मुद्दाहरु मिलाउन सक्ने प्रबन्ध गरेको छ ।
प्रशासन कार्यालयहरुले वैदेशिक रोजगारीका सम्बन्धी परेका उजुरीलाई मेलमिलापको माध्यमबाट समाधान गर्न सक्ने गरी कार्यविधि जारी भएको हो । मेलमिलाप हुन नसकेका उजुरीहरु वैदेशिक रोजगार विभागमा सिफारिस गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ
श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसाल यसअघिदेखि नै प्रशासन कार्यालयहरूले उजुरी लिने व्यवस्था भए पनि कसरी मेलमिलाप गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले कार्यविधि जारी गरिएको बताउँछन् । ‘अहिले पनि प्रमुख जिल्ला अधिकारीहरुले यो काम गरिरहनुभएको छ,’ उनले भने,‘मुद्दा चलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छैन, तर मिलाउँदा कसरी गर्ने भन्ने विषय स्पष्ट गर्न
कार्यविधि आएको हो कार्यविधिको अभावले प्रमुख जिल्ला अधिकारीहरु जिम्मेवार नबन्दा अहिलेसम्म पीडित श्रमिक र उनीहरुका परिवार काठमाडौंमा वैदेशिक रोजगार विभागमै आउनुपर्ने बाध्यता छ । यसले गर्दा पीडितले न्यायकै लागि अनेक हण्डर खानुपर्ने र ठूलो मात्रामा अतिरिक्त खर्च समेत गर्नुपर्ने बाध्यता छ ।

