सभापति पदमा मेरो दाबी कायमै छ : प्रकाशमान सिंह

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् ।

कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उनले बताए ।

कांग्रेसको संस्थापनइतर समूहमा सभापति पदका आकांक्षीहरुले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला सिंहको यस्तो भनाइ सार्वजनिक भएको हो ।

संस्थापनइतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् । शशांकले सहमति भए आफू पछि हट्ने बताएका छन् भने पौडेलले सिंह र शेखरबीच सहमति नभए सभापतिको रुपमा आफू अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..