सभापतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको संस्थापनइतर पक्ष आज पनि छलफलमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २१, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीको १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन आज पनि छलफलमा जुट्दै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सोमबार भएको छलफल टुंगोमा नपुगेपछि मंगलबार पुनः छलफल हुन लागेको हो ।

यी चारैजना नेताहरुले सभापतिको उम्मेदवारमा दाबी गरेकाले सहमति जुटाउन सकस परिरहेको छ । नेता प्रकाशमान सिंहले सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल जारी राख्ने बताए । ‘सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवार छनौट गर्ने कुरा सजिलो छैन,’ उनले भने, ‘साझा उम्मेदवार बनाउनका लागि लोकतान्त्रिक अभ्यास जारी छ । टुंगोमा पुगिएको चाहिं छैन ।’

सोमबार भएको सहमति भएअनुसार मंगलबार दिउँसो एक बजे पुनः चार जना नेताहरु ठमेलको चाक्सीबारीस्थित सिंहको निवासमा छलफलमा बस्दैछन् ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौं हुने कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट हालका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..