हानगरको आम्दानी-खर्च खाता अब एनईअसी एसियामा, ७ अर्ब निक्षेप सर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं महानगरपालिकाको आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा सर्ने भएको छ । नेपाल राष्ट्र बैंक र नबिल बैंकमा रहेका सबै खाता एनआईसी एसियामा ल्याउने गरी महानगरपालिकाले सोमबार सम्झौता गर्ने तयारी गरेको छ ।

महानगरपालिकका एक अधिकारीका अनुसार दैनिक आय र व्यय हुने सबै खाता एनआईसीमार्फत सञ्चालन गर्दा करिब ७ अर्ब रुपैयाँ निक्षेप एनआईसी एसियामा सर्नेछ । त्यसरी सर्ने निक्षेप दैनिक कायर्सञ्चालनका लागि चालु खातामा जम्मा हुनेछ ।

यसअघि नबिल बैंकमार्फत महानगरपालिकाले दैनिक खाताहरु सञ्चालन गरिरहेको थियो । अब महानगरका कर्मचारी र जनप्रतिनिधिको तलबी खाता पनि अब एनआईसी एसियामा सर्ने भएको छ । महानगरपालिकाले दैनिक २ करोडभन्दा बढी राजस्व आम्दानी गर्छ । तर महानगरपालिककाको व्यय दर भने निकै कमजोर छ ।

महानगरका अनुसार एसनआईसी एसियाले दैनिक राजस्व संकलनका लागि सबै वडा कार्यालय वा वडा कार्यालयसँगै बैंकको एक्सटेन्सन कार्यलय खोल्ने प्रतिवद्धता जनाएको छ । कर्मचारीले नगद नबुझी बैंकिङ खातामा कर बापतको जम्मा गर्न लगाउने महानगरको योजना छ ।

बैंकले महानगरपालिकाका कर्मचारी र जन प्रतिनिधिलाई आधार दरकै ब्यादजरमा ऋण उपलब्ध गराउने ग्यारेन्टी गरेको छ भने बीमा लगायतका सुविधा पनि दिने बताएको ती अधिकारीले दावी गरे ।

महानगरपालिको बोलकबोलबाट नै एनआईसी एसियामा दैनिक कार्यसञ्चालनको खाता खोल्न लागेको महानगरपालिकका प्रवक्ता ईश्वरराज डंगोलले जानकारी दिए । कति निक्षेप एनआईसी एसियामा सर्छ भन्ने यकीन गर्न हिसाव मिलान गर्न बाँकी रहेको भन्दै उनले नबिल बैंकसँगको १० वर्षको सम्झौता सकिएपछि नयाँ बैंकमा खाता सञ्चालन गर्न लागिएको बताए ।

‘विस्तारै सबै खाता एनआईसी एसियमा र्साने योजना छ,’ डंगोलले भने । नबिल बैंकसँगको सम्झौता गत असारमै सकिएपछि महानगरपालिकाले नयाँ सम्झौताको प्रक्रिया अघि बढाएको थियो । जसमा ९ वटा बैंकले आफ्ना अफरसहित प्रस्ताव पेश गरेका थिए ।

आकर्षक रहेको ठहर गरेर नबिलको प्रस्ताव छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..