बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन्। अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुने छ ।

कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था छ । त्यसैले आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..